काठमाडौं – काठमाडौंको कीर्तिपुरमा पार्किङ गरी राखिएको कारमा मंगलबार विहान आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका–१ मा बिहान करिब साढे ११ बजे बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको हो । आगलागीपछि कारभित्र रहेका एक व्यक्तिको जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताउनुभयाे ।
प्रहरीले आगलागी नियन्त्रणमा लिइसकेको जनाएको छ । आगलागीको कारण भने अझै खुल्न नसकेको र मृतकको पहिचानसहित घटनाको सबै पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्