नवलपरासी – सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा मंगबार दिउँसो गैँडाको आक्रमणबाट गाेठाला गएका एक जना बृद्धकाे मृत्यू भएको छ ।
गाई–गोरु चराउने क्रममा कृष्णसार सामुदायिक वनमा त्यहाँको बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
गम्भीर घाइते बोटेलाई स्थानीयवासीले अस्पताल पुर्याइएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी जेशी शाहले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्