दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
महाबु गाउँपालिका–१ खरिगैरा, भैरवी गाउँपालिका–४ डाँडीमाँडी, नारायण नगरपालिका–११ लोहरेबजार तथा दुल्लु नगरपालिका–१२ लम्सुमा प्रहरी टोली खटिई स्थानीय नागरिकको सहभागितामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा घरेलु हिंसाका कारण, कानुनी व्यवस्था, उजुरी प्रक्रिया तथा हिंसामुक्त समाज निर्माणमा समुदायको भूमिकाबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्