दाङ – शाैचालयकाे बत्ती स्वीच अन गर्दा करेन्ट लागेर दाङमा एक जना वडा सचिवको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको मृत्यु भएको हाे ।
गढवा–६ प्रनहवास्थित आफ्नै घरमा शौचालयको बत्ती मर्मत गर्ने क्रममा साेमबार बेलुकी करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले जानकारी दिनुभयाे ।
साेमबार बेलुकी करिब पौने ९ बजे करेन्ट लागेर अचेत भएका यादवलाई उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्