दैलेख – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले भैरबी गाउँपालिका–४ का स्वर्गीय दिपेन्द्रबहादुर थापाको परिवारलाई मृत्यु दाबी बापत ३ लाख ५४ हजार ३१ रुपैयाँ हस्तान्तरण गरेको छ ।
शनिबार भैरबी गाउँपालिका–४ स्थित बालेकाँडा विद्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय थापाकी आमा कुशुमदेवी थापालाई मृत्युु दाबी बापत बीमा रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
थापाले चार वर्षअघि ३ लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गर्नु।भएको थियाे । नियमित रूपमा चौथो किस्तासम्मको बीमा शुल्क भुक्तानी गरिरहेकै अवस्थामा उहाँको निधन भएको कम्पनीले बताएको छ ।
रोजगारीका सिलसिलामा भारतमा पुग्नुभएका थापाको त्यहाँ निधन भएपछि उहाँकी श्रीमती, एक नाबालिका छोरी तथा बुवा–आमा प्रभावित हुनुभएको छ ।
कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाही, उपाध्यक्ष देबी भण्डारी, जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व, कम्पनीका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
शाखा प्रबन्धक डम्मर ढकालले विपद् र दुःखद परिस्थितिमा जीवन बीमाले परिवारलाई आर्थिक सहारा प्रदान गर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष शाही र उपाध्यक्ष भण्डारी जीवन बीमा प्रत्येक नागरिकका लागि आवश्यक सुरक्षा भएको भन्दै धन्यवाद दिनुभयाे ।
सिनियर एजेन्सी म्यानेजर शिवप्रकाश आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा मृतक दिपेन्द्रबहादुर थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मृत्युदाबी रकम हस्तान्तरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्