
काठमाण्डौैं – सोमबार बिहान परेको अविरल वर्षातले बीपी राजमार्ग एकतर्फी बनेको छ । विहानदेखि निरन्तर वर्षाले ठाउँठाउँमा पहिरोले झरेर काभ्रेभञ्ज्याङदेखि भकुन्डेबेसीको बीचको भाग एकतर्फी बनेको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।
बिहानैदेखि पानी परिरहेको छ । सडक विभाग र स्थानीय तहले डोजर लगाइरहेकाका छन्, उहाँहरुको सहयोगले कम्तीमा एकतर्फीरूपमा भए पनि यातायात सञ्चालन गराउन सकिएको छ । दुईतर्फी बनाउने प्रयास भइरहेको छु प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
असार १०(१२ गते परेको वर्षाले क्षतिग्रस्त बनेको बिपी राजमार्ग १३ दिनपछि दशैंको बेला अस्थायी ट्रयाक खनेर सुचारु गराइएको थियो । त्यसबेलाको बाढीले क्षति पुगेका अरु सडकहरु ४५ दिनमा सञ्चालन भए पनि बीपी राजमार्गमा ठाउँठाउँमा सडक बगाएकोले ढिला गरी सञ्चालनमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस्