२०८३ जेठ १८ , सोमबार (2026 Jun 2, Tuesday)

बाेलेराे जीप दुर्घटनामा तीनकाे मृत्यू



दैलेख – सुर्खेतबाट कालिकाेटतिर जाँदै गरेकाे सु.प ०१००१च ४९६४ नं काे बाेलेराे जीप साेमबार दिउँसो भैरबी गाउँपालिका-५ काे कालगाैडामा भएको दुर्घटनामा तीन जनाकाे मृत्यू भएको छ ।

मृतकहरु कालिकोटका भनिए पनि पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले बताउनुभयाे ।

सडकबाट करिब २ सय मीटर तल खसेकाे बाेलेराेमा ८ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

मृतक १ महिला २ पुरुष समेत ३ जनाकाे घटनास्थलमै मृत्यू भएको बताइएकाे छ । दुर्घटनामा घाइते ५ जना घाईतेकाे प्रहरी र स्थानीयले  उद्धार गरी अस्पताल पठाएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार