२०८३ जेठ १४ , बिहीबार (2026 May 28, Thursday)

गणतन्त्र दिवसमा सरसफाई



दैलेख – गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासस्वरूप दैलेख सदरमुकाममा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । गणेशचोकदेखि देवकोटा चोकसम्मको बजार क्षेत्र सफा गर्दै दिवसलाई रचनात्मक शैलीमा मनाइएको हो ।

गणतन्त्र दिवस २०८३ मूल समारोह समिति दैलेखको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा सडक, सार्वजनिक स्थल तथा बजार क्षेत्र सरसफाई गरिएको जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव शाहीले जानकारी दिनुभयो । उहाँले स्वच्छ, सफा र व्यवस्थित बजार निर्माणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, युवावर्ग, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ । सरसफाई कार्यक्रममा प्रमुम जिल्ला अधिकारी लगायतका सरकारी अधिकारी, जनप्रतिनिधि र नागरिक समाजकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार