दैलेख – बढ्दो सहरीकरणसंगै थपिएको सरसफाइ तथा वातावरण स्वच्छताको समस्या न्यूनीकरण गर्न सामुदाय स्तरमा सचेतना अभिवद्धि गर्न दैलेखको भगवतीमाई गाउँपालिकाले सरसफाइ सप्ताहको दोश्रो दिन मंगलबार पालिका मुकाम बेस्तडा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ ।
सुरक्षित सरसफाइ सेवा समावेशीता हाम्रो प्रतिवद्धता मूल नारा सहित वैशाख २८ गते सोमबारदेखि जेठ १ गतेसम्म चल्ने सप्ताह व्यापी अभियान अन्तरगत सञ्चालन भएको बजार सरससफाइ गरिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनुभयो ।
भगवतीमाई गाउँपालिका, दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना र सरोकारवालाहरु समेतको सहभागितामा भएको बजार सरसफाइ कार्यक्रममा भवगतीमाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र लगायत सरसफाइ अभियानकर्मीहरु समेतको सहभागिता थियो ।
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्