२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

रोल्पामा बोलेरो दुर्घटना १७ जनामृत्यू



बाेलेराे खसेकाे भीर

रोल्पा – रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको बोलेरो जीप सल्यापमा दुर्घटना हुँदा १७ जना यात्रुको मृत्यू भएको छ । दुर्घटनास्थलमा पुगेर उद्धार थालिएको रोल्पाका प्रहरी इञ्चार्ज डीएसपी बीरेन्द्रवीर बिश्वकर्माले जानकारी दिनुभयो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेला हेर्न जाँदै गरेको लु १ ज ४१६७ नम्बरको उक्त बोलेरो सल्याप भीरबाट करिब ८ सय मिटर तल खस्दा १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार