२०८३ वैशाख २ , बुधबार (2026 Apr 16, Thursday)

सभामुखको गाडीलाई ट्राफिक जरिवाना



काठमाण्डौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडी अघिपछि हिँडेका गाडी समेतले ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कारवाही स्वरुप जरिवाना चिट काटेको छ ।

थापाथलीमा सडक लेन उल्लंघन गरेपछि जरिवाना चिट थमाउन ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो, सिंहदरबार पुगेर तीन वटा गाडीलाई जरिवाना चिट काटिएको थियो ।

अर्यालका स्वकिय सचिव नवराज पाण्डेका अनुसार चालकहरूलाई यसअघि नै निर्देशन भइसकेको थियो । यसबीचमा चालक फेरिँदा बुधबार उक्त घटना भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार