दैलेख – प्रदेश सरकारका कामहरुमा प्रशासनिक क्षमता अभिबृद्धिमा सहयोग पु¥याउदै आएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले दैलेखका ११ वटा स्थानीय तहका सामाजिक विकास, पूर्वाधार विकास र लेखा समितिका पदाधिकारीहरुलाई शनिबार र आइतबार जिल्ला सदरमुकाममा दुई दिने क्षमता विकास तालिम दिएको छ ।
जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाका ती समितिका जिम्मेवारी रहनुभएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार ती समितिहरुको भूमिका, अधिकार, दायित्व र पदीय जिम्मेवारी बारे तालिम दिइएको मुख्यमन्त्री कार्यालयका प्रशासकीय अधिकृत तिलकराम आचार्यले जानकारी दिनुभयो ।
विषयगत समितिहरुका बैठक सञ्चालन प्रक्रिया तथा अभ्यास, बजेट कार्यान्वयन, सार्वजनिक जवाफदेहिता, पारदर्शिता प्रवद्र्धन, भ्रष्टाचार निवारण, वार्षिक योजना तर्जुमा, स्थानीय तहरुको अनुगमन तथा मूल्यांकन प्रणाली बारे छलफल भएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ सहायक लोकप्रसाद ढकालले बताउनुभयो ।
विषयगत समितिको संरचना, लेखा समिति, कार्यपालिका, गाउँ तथा नगरसभामा वार्षिक योजना तर्जुमा, स्थानीय तहरुको अनुगमन तथा मूल्यांकन प्रणाली, सार्वजनिक जवाफदेहिता, पारदर्शिता प्रवद्र्धन विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु र प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्