२०८२ चैत २२ , आइतबार (2026 Apr 5, Sunday)

ओली र लेखकलाई हिरासतमै राख्न अनुमति



काठमाण्डौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न काठमाण्डौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार पाँच दिन म्याद थप गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

थप अनुसन्धान गर्ने, प्रमाण बुझ्ने समेतका कार्यहरू गर्न बाँकी रहेको भन्दै प्रहरीको माग अनुसार हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप ५ दिन म्याद थपको अनुमति प्रदान गरिएको उहाँले बताउनुभयो ।

ज्यान सम्बन्धी कसुरको अनुसन्धानको निम्ति चैत १४ गते बिहान पक्राउ परेका ओली र लेखकलाई यस अघिका दुई पटक गरी १० दिनको म्याद सकिएपछि आइतबार तेस्रो पटक म्याद थप भएको हो ।

२०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो । सिफारिसका आधारमा बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते पहिलो बैठकबाट प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार