काठमाण्डाैं – प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गाेपनीयताकाे सपथ लगतै आइतबार पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गाेपनीयताकाे सपथ गराए लगतै उहाँले सिंहदरबार हातामा नवनिर्मित संसद भवनमा रहेकाे कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएकाे हा्े ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डोलप्रसाद अर्याल गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाण्डौ क्षेत्र नम्बर ९ बाट निर्वाचित हुनुभएको थियो । शनिबार निर्धारित सभामुखकाे निर्वाचन कार्यक्रम अनुसार उहाँकाे मात्र उम्मेदवारी परेकाेले प्रतिनिधिसभाको १०औँ सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियाे ।
नवनिर्वाचित सभामुख अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको थियो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ । २०७९ काे प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ समानुपातिक साँसद बन्नुभएकाे थियाे ।
व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढ्नुभएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनादेखि संस्थापक उपाध्यक्ष हुनुहुन्छ । पार्टी सभापति रबि लामिछाने नागरिकता काण्डमा गृहमन्त्री छाेड्नुपर्दा वा सहकारी ठगीमा जेल परेकाे बेला समेत बचाउ र पार्टी संगठन थाम्नु भएकाे थियाे । उहाँकाे जन्म २०३१ भदाै ६ गते भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्