२०८२ चैत २० , शुक्रबार (2026 Apr 3, Friday)

कुकुरलाई खोप !



दैलेख – जिल्ला सदरमुकाम दैलेखबजारमा छाडा छाडिएका र घरमा पालिएका कुकुरहरुलाई रेबिज र खोइरो विरुद्धको खोप लगाइएको छ । नारायण नगरपालिका र पशु अस्पताल तथा पशु विकास कार्यालय दैलेखको सहकार्यमा शुक्रबार उक्त खोप लगाइएको हो ।

समाचार तयार पार्दा मध्यान्ह १२ बजेसम्म १८ वटा कुकुरहरुलाई रेबिज र खोइरो विरुद्धको खोपसंगै मलम–पट्टी पनि लगाइएको नारायण नगरपालिकाका पशु पंक्षी शाखा प्रमुख सूर्यबहादुर बिकले जानकारी दिनुभयो ।

छाडा छाडिएका कुकुरहरुमा छाला रोगले खुइलिएका, पाकेर दुर्गन्धित भएका कारण वातावरण दुषित भएको भनी व्यापक जनगुनासो आएपछि नारायण नगरपालिका र पशु अस्पताल तथा पशु विकास कार्यालय दैलेखद्वारा उक्त खोप लगाइएको हो ।

कुकुरलाई नियन्त्रण लिई खोप लगाउन सजिलोको लागि ‘डग क्याचर’ जालीको प्रयोग गरिएको थियो । खोप लगाउन पशुचिकित्सक डा. सुमन कोइराला, डा. भृकुटी भट्टराई, पशु सेवा प्राविधिकहरु सन्तोष चन्द र चित्र प्याकुरेल समेतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार