डोटी – आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकमा गए राति बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।
खतेडाबाट काँडीस्याउलेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३९२३ नम्बरको जीप गएराति दुर्घटना भएको हो । दुवै जना साइलीखोलामा विहान मात्र स्थानीयले मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्