चौरजहारी – रूकुमपश्चिममा दिदीबहिनीको शव सानीभेरी नदीमा फेला परेको छ । बाफीकोट गाउँपालिका–३ की १४ वर्षीया कल्पना वली र १२ वर्षीया उर्मिला वलीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका इञ्चार्ज डीएसपी देवबहादुर पौडेलले जानकारी दिनुभयो ।
शनिबार मुसिकोट नगरपालिका–१ मा आफन्तको बिहेमा सहभागी भई फर्किन क्रममा खोला तर्दा बगेका प्रहरीको अनुमान छ । साथमा गएकी अर्की १२ वर्षीया सपना वली बेपत्ता भएको र सानीभेरी मिसिने ठूला नदीमा पनि प्रहरी खोजी थालेको डीएसपी पौडेलले बताउनुभयो ।
घटनाको प्रकृति हेर्दा घर फर्किने क्रममा बाफीकोट–३स्थित सानी भेरी नदी तर्न लाग्दा बगेको तर अरु कुनै शंकाकाे स्थिति नरहेकाे प्रहरीकाे भनाई छ । ती दुई दिदीबहिनीको शव पाँच सय मिटरको दुरीमा फेला परेको थियो । उनीहरुको शव पोष्टमर्टम जिल्ला अस्पतालमा गरिएको बताइएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्