काठमाण्डौं – प्रतिनिधिसभा निर्वाचन अन्तरगत प्रत्यक्षपछि समानुपातिक प्रणाली समेतको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक समेतको अन्तिम परिणाम प्रकाशन गरेको एक महिनाभित्र संसद बैठक बस्नुपर्ने कानूनी प्रवन्ध छ ।
२०६५ देखि संसद भवनको रुपमा प्रयोग भएको बीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन भवन छ महिना अघि जेन्जी आन्दोलनमा ध्वस्त भएको कारण सिंहदरबार हातामा ६ वर्ष अघिदेखि निर्माणाधीन संसद भवनमै संसद बैठक बसाल्ने तयारी भइरहेको छ ।
प्रतिनिधिसभा नननिर्वाचित सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने र यही भवनमा संसदीय गतिविधि चलाउने गरी अहिले जोडतोडका साथ काम चलिरहेको संसद सचिवालयका सूचना अधिकारी उपसचिव सावित्रा शर्माले पहरेदारलाई बताउनुभयो ।
२०७६ असोज १ गते शिलान्यास गरिएको भवन हालसम्म निर्माण कार्य चलिरहेको छ । भवन ठेक्का लगाउँदा यसको लागत ५ अर्ब ६७ करोड २७ लाख रूपैयाँ अनुमान गरिएकोमा ५ पटक म्याद थप गर्दा अहिले लागत ६ अर्ब ३० करोड पुगेको छ ।
भवन निर्माण कार्य बाहेक संसद भवनभित्रको सजावट र माइक सिस्टम जडानका लागि २ अर्ब ३४ करोडको छुट्टै काम भइरहेको छ । दुवै कामको ठेक्का रकम जोड्दा भवनको लागत ८ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ ।
नर्माणाधीन भवनको मुख्य बैठक कक्ष ‘साउण्ड प्रुफ’ सिलिङ, एसी र माइक सिस्टम राख्ने, सवारी साधनको पार्किङ निर्माण, प्रवेश गर्ने गेटमा फलामका ढोका राख्ने, तारहरू भूमिगत गर्ने लगायत काम भइरहेका बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्