दैलेख – हिजो भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन दैलेख क्षेत्र नं. १ मा कुल खसेको मत ३९ हजार ८ सय ७७ मत मध्ये झण्डै आधा जति गणना भइसक्दै नेपाली काँग्रेसका उम्मेदवार बासना थापाले सुरुदेखि अग्रसता लिइरहनुभएको छ । साँझ ७ बजेसम्म १९ सय ६३० मत गणना हुँदा उहाँले ६ हजार ४९६ मत पाउनुभएको छ भने निकटतम् प्रतिद्वन्दी एमालेका रबिन्द्रराज शर्माले ५ सय ८३५ मत लिनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेका अनुसार रास्वपाका नन्दकिशोर बस्नेतले ४ हजार ६५४, नेकपाका अम्मरबहादुर थापाले ८१६, राप्रपाका रणबहादुर सिंह ३२५, नेमकिपाका जगतबहादुर ओलीले २४६, नेकपा माओवादीका रामलाल बिश्वकर्माले १२५, राजमोका नरबहादुर सिंहले ३८, स्वतन्त्र उम्मेदबार लोगबहादुर बोगटीले २२ र आम जनता पार्टीका उम्मेदवार मेनुका श्रेष्ठले ११ मत पाउनुभएको छ ।
गणना भएका मतमा १ हजार ६२ मत बदर भएका तथ्यांकले जनाएको छ । यो हिसावले ५ दशमलव ४१ प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयले यो पटकका निर्वाचनमा पनि १५ दिनसम्म मतदाता शिक्षा कार्यक्रम चलाएको र दलहरु मत माग्न जाँदा पनि मतदाता शिक्षा दिएको भने पनि ती मतदाता शिक्षाहरु प्रभावकारी नभएको बदरको बद्दो दरले प्रष्ट्याएको पत्रकार तीर्थ भण्डारीको टिप्पणी छ ।
दैलेख क्षेत्र नं. २ मा मतगणनाकाे प्रारम्भिक नतिजामा नेकपा एमालेका लक्ष्मीप्रसाद पाेखरेलकाे अग्रता निरन्तरता छ । निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार दिक्पालकुमार शाही हुनुहुन्छ । त्यहाँ पनि तेश्राे स्थान रास्वपाका बखतबहादुर शाही र चाैथाे स्थान नेकपाका याेगेन्द्रबहादुर शाहीले लिइरहनुभएकाे क्षेत्र नं. २ का निर्वाचन अधिकृत लाेकहरी कँडेल बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्