सुर्खेत – सुर्खेत कारागारमा ८८ जना कैदीबन्दीहरुकोेले मतदान गरेका छन् । त्यहाँ ८ जना महिला र ८० पुरुष कैदीबन्दीले गरी ८८ जनाले मतदान गरेका सुर्खेत कारागारका मतदान अधिकृत बिनोद आचार्यले जानकारी दिनुभयो । तीन जना कर्मचारीले पनि मतदान गरेको उहाँले बताउनुभयो ।
फौजदारी मुद्दामा पर्नु अघि मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीले मतदान गर्न पाउने निर्वाचन ऐनको व्यवस्था अनुसार १२ महिला र ९१ पुरुष कुल १ सय ३ मतदाता रहेकोमा कैद भुक्तान गरेर घर फर्किएकाहरुको १५ जना कारागारको मतदानमा अनुपस्थिति देखिएका छन् ।
सुर्खेत कारागारमा विभिन्न फौजदारी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेको र कैद तोकिएका समेत ४८ महिला र ३ सय ८० पुरुष समेत ४ सय २८ जना कैदीबन्दी छन् । मतदाता नामावलीमा नाम रहेका कैदीबन्दीहरुलाई आफूले चाहेको दल अर्थात समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्