२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

दैलेख कारागारमा ४५ मत खस्याे



दैलेख – दैलेख कारागारमा ५ महिला समेत ३९ जना कैदीबन्दीले मतदान गरेकादछन् । त्यहाँ खटिएका ६ जना कर्मचारी पनि गरेसंगै ४५ जनाकाे मत खसेको दैलेख कारागार शाखा प्रमुख नृपजंग शाहीले जानकारी दिनुभयाे ।

मुद्दामा आराेपित हुनुअघि मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने नियम अनुसार उनीहरुले मतदान गरेका हुन् ।

मतदाता नामावलीमा ४० जनाकाे नाम भए पनि १ जना विरामी परेकाे कारण जिल्ला बाहिर उपचारत भएकोले छुटेका जनाइएको छ । दैलेख कारागारमा १६ महिला सहित १ सय ६१ जना कैदीबन्दी थुनामा छन् ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार