२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

गाडी दुर्घटनामा असईकाे मृत्यू



मन्थली – रामेछाप नगरपालिका–२ सिरूबारीमा निर्वाचन सामग्री बोकेर मतदानस्थल जाँदै गरेकाे गाडी दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा ११ जना दुर्घटनामा ७ जना घाइते भएका र ३ जनाले हामफालेर ज्यान जोगाएका डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेहरुको अस्पताल चलिरहेको उहाँले बताउनुभयो ।

कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्री लिएर मतदान केन्द्र कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार