२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

ट्रिपर दुर्घटनामा चालकको मृत्यू



दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ डम्पायामा आज भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सल्यानको बाघचौर नगरपालिकाका २७ वर्षीय हरिलाल भण्डारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

बडालादेखि चाल्लेचौतारा जोड्ने भित्री सडक खण्डको सडक निर्माण कम्पनी श्याम एण्ड शंकर प्रालिले प्रयोग भएको क.प्र. ०२००१ क ०१५० नं. को ट्रिपर स्टार्ट गर्ने क्रममा एक्कासी  ब्रेक फेल भई  सडकबाट ५ मिटर तल खसेको हाे ।

दुर्घटनामा घाइते भएका भण्डारीको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुराई उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार