२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

संखुवासभाको गोला आसपासमा भूकम्प



बिराटनगर – संखुवासभाको टोप्के गोला आसपास केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका जनाएको छ ।

भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । बिहानीपखको मस्त निद्रामा रहेकाहरु भूकम्पकाे चाल पाएर आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्‍याएको सूचना आएको छैन ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार