दैलेख – बाल अधिकारको लागि सामूहिक अभियान कर्णाली प्रदेश समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न नागरिक समाजको अग्रसरता लिन आग्रह गरेको छ । दैलेख सदरमुकाममा बाल अधिकारको लागि सामूहिक अभियान कर्णाली प्रदेश समितिका अध्यक्ष टिकाराम आचार्यले यस्तो आग्रह गर्नुभएको हो ।
विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको सुरक्षा निम्ति निर्वाचन प्रचारप्रसारमा झण्डा बोक्न, नाराबाजी गर्न, नृत्य, गायन, प्रचार सामग्री वितरणमा प्रयोग गर्न नपाइने व्यवस्था भएकोले नागरिक समाजले निगरानी बढाउनेपर्ने उहाँले दर्शाउनुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले राजनीतिक दल र उम्मेदवारहरुका कार्यक्रमहरुमा बालबालिका दुरुपयोग रोकथाम विषयमा नागरिक समाज र सरकारका निकायहरुले निगरानी बढाउने र आचार सहिंता उलंघन भएको पाइएमा विना पूर्वाग्रह कारवाही गरिने बताउनुभयो ।
अन्तरक्रियाको क्रममा बालअधिकारकर्मी टेकराज आचार्यले विद्यालय शान्तिक्षेत्र अवधारणा, कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको दुरुपयोग रोकथाम सम्बन्धी व्यवस्था र त्यसको कार्यान्वयन प्रणाली विषयमा विषय केन्द्रित सहजीकरण गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्