२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

मिथ्या सूचनाकाे भ्रम चिर्न आवश्यक



सुर्खेत – नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सामाजिक सञ्जालले फैलाउन मिथ्या सूचनाकाे भ्रम चिर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । महासंघ केन्द्रीय कार्यालयले सुर्खेतमा आयाेजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचार सहिंता अभिमुखीकरण कार्यक्रममा उहाँले साे आग्रह गर्नुभएको हाे ।

निर्वाचन समाचारमा तटस्थता कायम गर्न, तथ्य र प्रमाणित विषय मात्र समाचार लेख्न, सामाजिक सञ्जालले फैलाउन मिथ्या सूचनाकाे भ्रम चिर्ने सत्य समाचार प्रवाह गर्न पत्रकारहरुसंग उहाँले आग्रह गर्नुभयो । मतदान र मतगणनाकाे रिपोर्टिङमा पत्रकारकाे सहज पहुँचका लागि सरकारी निकायलाई आग्रह गर्नुभयाे ।

कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले पत्रकारहरुकाे भूमिका र समाचार प्रस्तूतीले वातावरण तयार पार्ने भएकोले निर्वाचन आचार संहिता पालना गरी सत्य तथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभयाे ।

नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माकाे अध्यक्षतामा कार्यक्रम भएको थियोे । निर्वाचन रिपोर्टिङ र पत्रकार आचार सहिंता अभिमुखीकरण सवालमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, काेषाध्यक्ष कृष्ण अधिकारी र प्रेस काउन्सिललका बाेर्ड सदस्य निमा काफ्लेले सहजीकरण गर्नु हुने बताइएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार