२०८३ वैशाख ५ , शनिबार (2026 Apr 18, Saturday)

तामाकोशी दुर्घटनामा मृतकको संख्या १० पुग्यो



रामेछाप – रामेछाप बस दुर्घटनामा मृत्यू हुनेहरुको संख्या १० पुगेको छ । मंगलबार दिउँसो मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आठ जना गम्भीर घाइते छन् । त्यसमध्ये ३ जनालाई धुलिखेल अस्पताल पु¥याइएको छ । थप एक जना अचेत अवस्थामा फेला परेका र अर्का घाइतेलाई अस्पताल पु¥याउँदैछ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस आज मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो । घटनास्थलमा उद्धार गर्न जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप, विपद व्यवस्थापन बेश खुर्कोटबाट टोली परिचालन भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार