२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

तामाकोशी दुर्घटनामा छ जनाको मृत्यू



रामेछाप – रामेछापको तामाकोशीमा बस दुर्घटनामा परी ६ जनाको मृत्यू भएको छ । मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटनामा ६ जनाको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।

बागमती प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको सडकबाट तामाकोशी नदीमा खसेको बसभित्रबाट ५ जनाको र एक जनाको बगेको अवस्थामा शव फेला परेको थियो भने घाइते ८ जनाको उद्धार गरी अस्पतालमा उपचार थालिएको छ ।

नदीमा डुबेको बसलाई डोजरले किनारामा तानिएको थियो । जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीय विपद व्यवस्थापनान परिचालन गरिएको थियो । नदीमा कतै शव पनि उद्धार गर्न गोताखोर परिचालन गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार