२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

कार्यक्रम चलिरहेकै बेला सभाध्यक्ष बदलिए



दैलेख जेसीज २०२६ काे पद हस्तारण गरिंदै

दैलेख – राष्ट्रिय सभाका नवनिर्वाचित साँसद मीनासिंह रखालको पहिलो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि अनि विशेष अतिथि प्रतिनिधिसभाका पूर्वसाँसद पार्वती बिशुन्के । जिसस दैलेखको सभाहलमा औपचारिक कार्यक्रम थियो ‘दैलेख जेसीज २०२६ को पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम ।’

विहान ११ बजे तोकिएको कार्यक्रम सञ्चालक भीम सिजापतिले दैलेख जेसीज २०२५ का अध्यक्ष प्रतिमा खड्कालाई सभाध्यक्षमा आसन ग्रहण गराउनुभयो । अध्यक्षपछि चाहिँ जेसीजको नियम अनुसार निम्ता गरिएका पाहुनाहरु सानोदेखि हुदै ठूलोको क्रममा प्रमुख अतिथिको आसन ग्रहण गराउनुभयो ।

आसन ग्रहणक्रमपछि राष्ट्रिय गान, जेसीज गान हुदै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, लायन्स क्लवका प्रतिनिधि खमबहादुर थापा, दैलेखका प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बराल, जिसस प्रमुख नमराज शाही समेत शुभकामना दिइसक्नु भएपछि कार्यक्रम सुरु भयो पद हस्तान्तरण ।

यता प्रतिमाकाे अध्यक्षतामा सभा चलिरहेको थियो, सभाहलमा डा. प्रयासविक्रम सिजापतिको प्रवेश भयो । सभाहलमा प्रवेश गर्न लाग्दा प्रवेशद्वारबाट स्काउटका २ जना बहिनीले स्कटिङ अनि जेसीजकर्मीले पुष्पवृष्टी गराउँदै सभास्थलतिर ल्याए । अघिल्लो उपाध्यक्ष डा. सिजापतिलाई प्रतिमा खड्काले सभाध्यक्षको स्थान छोड्नुभयो र आफू पछिल्लो लाइनकाे सीटमा अतिथि दीर्घामा बस्नुभयो ।

सभाका प्रमुख अतिथि र विशेष अतिथि बोल्न बाँकी रहँदै सभाध्यक्षमा पदार्पण गराउँदा दैलेख जेसीज २०१७ का अध्यक्ष बिनोद श्रेष्ठले २०२५ का अध्यक्ष प्रतिमाको गलामा रहेको चाँदीको चेनमाला खाेल्नुभयाे अनि प्रतिमाले सन् २०२६ को अध्यक्ष पदमा डा. प्रयासविक्रमको गला पहिर्‍याइदिनुभयो अनि डा. प्रयासविक्रम सभाका अध्यक्ष बन्नुभयो ।

आफ्नो कार्यकालमा नेपालका १८४ शाखामा सवोत्कृष्ट शाखा बनेर ५० हजार पुरस्कार संस्थागत खातामा जम्मा गरेको श्रेय २०२५ को सम्पूर्ण कार्यसमिति र शुभेच्छुकको साथ सहयोगले प्राप्त भएको भन्दै २०२५ का अध्यक्ष प्रतिमाले सबैलाई आभार प्रकट गनुभयो । सन् २०२६ को अध्यक्ष पदमा डा. प्रयासविक्रमले आफूले राम्रो काम गर्ने प्रण गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभाका पूर्वसाँसद पार्वती बिशुन्केले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको व्यक्तित्व विकासमा योगदान गर्दै आएको जेसिसले भविष्यका कर्णधार युवाहरुलाई सत्मार्गमा लगाएर देश निर्माणका लागि योग्य जनशक्ति तयार पार्न अझैं रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय सभाका नवनिर्वाचित साँसद मीनासिंह रखालले पुर्खाहरुको योगदानको कदर गर्दै नयाँ प्रविधि र देशको आवश्यकता अनुसार देश विकासमा जुट्न युवाहरुलाई आग्रह गर्नुभयो । नागरिकहरुको शिक्षा, स्वास्थ्य, आर्थिक जीवन स्तर उठाउन राज्यको श्रोत परिचालन भएको उल्लेख गर्दै जेसीजले सामाजिक विकासमा सघाउनुस् उहाँले भन्नुभयो ।

१९९७ मा अध्यक्ष बिष्णु पोखरेलले थाल्नुभएको दैलेख जेसीज सन् २०२६ पदका हस्तान्तरण समारोह २९ औं कार्यक्रम हो । हरेक वर्ष सन् सम्वत सुरु भएसंगै एक व्यक्ति एक पद नीति अनुसार दैलेखमा २०२४ को अध्यक्ष प्रकाशकुमार बुढा, २०२३ को अध्यक्ष भीम सिजापति, २०२२ को अध्यक्ष टोपेन्द्र थापा हुनुहुन्थ्यो ।

२०२१ को अध्यक्ष ध्रुवविक्रम थापा, २०२० को अध्यक्ष प्रकाश पौडेल, २०१९ को अध्यक्ष रमा प्याकुरेल, २०१८ को अध्यक्ष चेतन बिष्ट, २०१७ को अध्यक्ष विनोद श्रेष्ठ, २०१६ को अध्यक्ष सन्देशकुमार (शैलेस) श्रेष्ठ अुध्यक्ष बन्नुभएको थियो । शाखको अध्यक्ष बदलिंदा हरेक दैलेखमा चाँदीको चेन पहिर्‍यान्छ ।

दैलेख जेसीज सन् २०२६ पदका हस्तान्तरण कार्यक्रममा याे वर्षका महासचिव रेखा थापा, काेषाध्यक्ष याेगेश खड्का, कानूनी सल्लाहकार प्रकाश बुढा, निवर्तमान अध्यक्षकाे हैसियतले हुने सदस्य  प्रतिमा खड्का, उपाध्यक्षहरु डा‍. सुदीप खड्का, शाैरभ चन्द, भुवन पाण्डे, घनश्याम केसी, कृष्णकमल अधिकारी, खगेन्द्र थापा समेत ११ सदस्यीय कार्यसमितिकाे सदस्य घाेषणा गरिएकाे थियाे ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार