दैलेख – आफू भूतपूर्व भारतीय सेनामा कार्यरत रहेको र युवाहरुलाई भर्ती गराइदिन्छु भन्दै विभिन्न व्यक्तिसंग रकम उठाएर ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । नौमूले गाउँपालिका–५ नौमूलेका ४४ वर्षीय बीरबहादुर थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
सुरुमा दुई जनाको जाहेरीका आधारमा अदालतबाट पक्राउ पूर्जी लिई व्यक्तिलाई समातिसकेपछि अहिलेसम्म तीन जना पीडितले जाहेरी दिएकोमा २६ लाख रुपैंयाँ ठगेको पत्ता लागेको र निज बीरबहादलुरले यस्तै प्रकृतिबाट ठगी गरेको भए जाहेरी दिन जिल्ला प्रहरी कार्यालय दैलेखले आह्वान गरेको छ ।
अझैं धेरैसंग ठगी गरेको हुनसक्ने भएकोले यथासक्य छिटो प्रमाणसहित जाहेरी दिन सार्वजनिक आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले बताउनुभयो । उक्त रकम ठगिनेहरु तीनै जना बर्दियाका हुन्, खोज्दै आएर पीडितले दैलेख प्रहरीमा जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्