२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

थापालाई विजयी घोषणाको प्रमाणपत्र प्रदान



दैलेख – प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट नवनिर्वाचित साँसद बासना थापालाई दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले विजयी घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख अदालतमा आयोजित एक औपचारिक समारोहमा उक्त प्रमाणपत्र प्रदान गर्नुभयो ।

विजय घोषणाको प्रमाणपत्र दिंदै मुख्य निर्वाचन अधिकृत पाण्डेले जिल्लाको विकास र महिलाहरुको आत्मबल बढाउने कुरा प्रेरणादायी काम हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले संघीय संरचनापछि महिला समावेशीताको राम्रो प्रतिनिधित्व हुदै आएकोमा प्रत्यक्ष तर्फ जित्नुभएको थापा कर्णलीको गौरब भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपाका हर्कबहादुर नेपाली, नेकपा माओवादीका प्रकाश बिक, नेमकिपाका रत्नबहादुर श्रेष्ठ, दैलेख निर्वाचन क्षेत्र नं. १ का सहायक निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्ल लगायतले नवनिर्वाचित साँसद थापालाई बधाई तथा शुभकामना दिनुभएको थियो । नवनिर्वाचित साँसद थापाले जनमतको कदर गर्ने बचनवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार