
काठमाण्डौं – निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
थापा नेतृत्वको आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोग पुगेको थियो । यस्तै आज शेरबहादुर देउवा पक्ष आफूहरू आधिकारिक दाबी गर्दै आयोग पुगेको थियो । आयोगले दुवै पक्षको कागजात अध्ययन गरेर गगन थापा नेतृत्वको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
पुस २७ देखि ३० गतेसम्म काठमाण्डौंमा भएको विशेष महाधिवेशनबाट सभापति चयन भए लगतै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आयोग पुग्नुभएको थियो । निर्वाचन आयोगको यो निर्णयपछि अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै हुने भएको छ ।
अनलाइन खबरले सभापति थापासंग गरेकाे विशेष वार्ता –









प्रतिक्रिया दिनुहोस्