
*
काठमाण्डौं – आज सरकारले पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा दिएको छ । नेपालको एकीकरणमा थालेको मानिन्छ । सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान गर्ने गरिन्छ ।
गणतन्त्र स्ठापनापछि पृथ्वी जयन्ती मनाउन छाडिए पनि २०७९ मा तत्कालिन प्रचण्ड नेतृत्वकाे सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा दिन थालेकाे हाे । पृथ्वीनारायणको जन्म स्थान गोरखा र देशभर सरकारी तहबाट विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहको १८३१ माघ १ गते ५२ वर्षको उमेर निधन भएको थियो । शाहले आफ्नो शासनकालमा दिएका सुशासन जनमुखी सेवा प्रवर्ध्दन गर्न ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्