२०८२ चैत २० , शुक्रबार (2026 Apr 3, Friday)

घिसिङले दिनुभयाे मन्त्रीबाट राजीनामा



काठमाण्डौं – नेपाल सरकारका ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिनुभएको छ । पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिको जिम्मेवारीमा रहेपछि उहाँलाई मन्त्री पद छोड्न सामाजिक सञ्जालमा व्यापाक दवाव बढ्दै आएको थियो ।

गैरदलीय सरकारमा घिसिङको उपस्थितिले सरकार एउटा दलको भएको सन्देश गएको उल्लेख गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पनि सरकार छाडिदिन आग्रह गर्नु भएको थियो । सञ्चार मन्त्री जगदीश घिमिरे र खेलकूद मन्त्री बब्लु गुप्ता पनि राजजीतिक संलग्नताको आक्षेप लागेको छ तर उहाँहरुले राजीनामा दिनुभएको छैन ।

गएकाे भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भदौ ३० गते मन्त्री मन्त्री घिसिङ नियुक्त हुनुभएकाे थियाे । फागुन २१ गतेका लागि हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नं‍. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार