काठमाण्डौं – मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको सम्मान स्वरुप राष्ट्रिय मानव अधिकार आयोगले दुई व्यक्तिलाई यस वर्ष सम्मान र पुरस्कार प्रदान गरेको छ । विश्व मानव अधिकार दिवसको अवसर पारेर प्रधानमन्त्री सुशीला कार्कीको हातबाट पुस्कार वितरण गरिएको हो ।
दुर्गम क्षेत्र अछामबाट उनले महिला अधिकार, न्यायमा पहुँचबाट वञ्चित समुदायका मुद्दा र मानव अधिकारसम्बन्धी विषयहरू निरन्तर उठाउँदै आउनुभएकी कान्तिपुरकर्मी पत्रकार मेनुका ढुङ्गानालाई मानव अधिकार पुरस्कार दिइएको छ भने स्व. दयाराम परियार स्मृति सम्मान इलामका अधिकारकर्मी शङ्कर लिम्बूलाई प्रदान गरिएको छ ।
२०६२ सालमा कामको सिलसिलामा ज्यान गुमाएका आयोगका दिवंगत कर्मचारी दयाराम परियारको स्मृति सम्मानमा यस पटक शङ्कर लिम्बूलाई आदिवासी जनजातिको अधिकारका विषयमा लामो समय योगदानको स्मरण गर्दै पुस्कार वितरण गरिएको हो । दुवै पुरस्कारकाे राशी जन ५० हजारकाे रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्