२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

अन्तर्राष्ट्रिय बाल दिवस : हाजिरी जवाफ प्रतियोगिता



दैलेख – अन्तर्राष्ट्रिय बाल दिवस सोसेक नेपालको हातेमालो परियोजनाको साझेदारी तथा भैरवी गाउँपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । प्रतियोगितामा भैरवी गाउँपालिका अन्तर्गत रहेका १४ वटा विद्यालयका ४२ जना बालबालिकाको सहभागी रहेको भैरवी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख निर्मला आचार्यले जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रथममा गौरी माध्यमिक विद्यालय बालेकाँडा, द्वितीय आदर्श माध्यमिक विद्यालय घुम्तीखाली, तेस्रोमा नेपाल राष्ट्रि आधारभूत विद्यालय महतरागाउँ र चौथोमा हिमालय माध्यमिक विद्यालय डाँडीमाडी भएका थिए । प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ र सान्त्वनामा ४ नगद पुरस्कार दिइएको थियो ।

पुरस्कृत बालबालिकाहरुलाई पुरस्कार वितरण गर्दै भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले बेलाबेला गरिने अतिरिक्त क्रियाकलापहरुले बालबालिकाहरुको आत्मबल बढाउने शताउनुभयो । कार्यक्रममा भैरबी गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, कार्यक्रम साझेदार संस्थाका प्रतिनिधिहरु समेतका सभागिता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय बाल दिवस र बालअधिकार प्रवद्र्धन सवालमा छलपल भएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार