२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

दैलेखमा नेकपाको समन्वय बैठक



दैलेख – बामपन्थीहरुलाई एकीकृत गराउन केन्द्रस्तरमा पार्टी एकता अभियान अन्तरगत गठित नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)को दैलेखमा आज जिल्ला स्तरीय समवन्वय बैठक बसेको छ । नेकपामा समाहित भएका नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्र, प्रदेश र जिल्ला स्तरीय नेतृत्वमा रहेका नेताहरुको सहभागिता थियो ।

पूर्व नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र र पूर्व नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध भएका नेताहरुले संंगठित शक्ति बनेकोमा खुशी व्यक्ति गर्दै नेपाली कम्यूनिष्टहरुलाई मूल प्रवाहमा ल्याएर नेपालको समाजवादी व्यवस्थाको अभ्यास हुदै जनवादी राज्य सत्ता प्राप्तीको निम्ति जनपरिचालन, सांगठनिक सदृढीकरण, शोषित पीडितको न्यायको पैरबी गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका पूर्व जिल्ला संयोजक गोपाल रिजालकाे अध्यक्षतामा भएको जिल्ला स्तरीय समवन्वय बैठकमा पूर्व साँसद एवम् पूर्व एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापा, पूर्व केन्द्रीय सदस्य नमनकुमार शाही, पूर्व जिल्ला अध्यक्ष मायाराम अधिकारी, राष्ट्रियसभा सदस्य सावित्री मल्ल, पूर्व नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका दैलेख इञ्जार्च प्रेम कटुवाल, पूर्व केन्द्रीय सदस्यहरु पूर्व टेकबहादुर खाँण, गोपाल नेपाली, कृष्ण गुरुङ समेतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार