दैलेख – १६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा नारायण नगरपालिका–१० भवानीका २४ वर्षीय कृष्ण गुरुङ्गलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीका आधारमा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
बुधबार साँझ बालिकाकै घरमै बलात्कार गर्ने उद्देश्यले जोरजुलुम गरेको तर पीडित बालिका मुश्किलले उम्किएको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण बिहीबार दैलेख अस्पतालमा भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्