२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

कालिकोट प्रशासन ११ घण्टा खुल्छ



कालिकोट – जिल्ला प्रशासन कार्यालय कालिकोट नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि ११ घण्टा खुल्ने भएको छ । नागरिकता र राष्ट्रिय परिचयपत्रको काम सेवाग्राहीको चाप बढेको कारण असोज २६ गतेदेखि अर्को सूचना नभएकोसम्मका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने अरु सेवाहरु विहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समयमा दिइने र नागरिकता तथा राष्ट्रिय परिचयपत्रको काम चाहिँ प्राथमिकता दिई विहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने सेवा प्रवाह बारे एक सार्वजनिक सूचना मार्फत सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्रष्ट्याउनुभएको छ ।

बैंकमा खाता खोल्न, सामाजिक सुरक्षा भत्ता, मतदाता नामावली, उद्योग व्यवसाय दर्ता गर्न, सवारी चालक अनुमतीपत्र, राहदानी बनाउन, स्थायी लेखा नम्बर लिन लगायतका कामहरुमा राष्ट्रिय परिचयपत्र अनिवार्य गराइएको कारण पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेहरुको सबै जिल्ल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार