२०८२ मंसिर २५ , बिहीबार (2025 Dec 11, Thursday)

समन्वय बढाउन साँसद मल्लको सुझाव



दैलेख – राष्ट्रियसभाका साँसद सावित्री मल्लले गैरसरकारी संस्थाहरुको गर्ने कामको प्रभावकारिता बढाउन स्थानीय तहसंग समन्वय बढाउनपर्ने बताउनुभएको छ । एभेष्ट क्लव दैलेखको आज दैलेखमा आयाेजित ३२ औं साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

गैरसरकारी संस्थाहरुले सरकारकै कामलाई सघाउने भएकोले स्थानीय सरकारसंग समन्वय कार्यक्रमहरु प्रभावकारिता बढ्ने र कतिपय बेला श्रोतमा साझेदारी पनि जुटाउन सजिलो पर्छ साँसद मल्लले भन्नुभयो ।

कर्णाली प्रदेशसभाका सदस्य कृष्णकुमार बीसीले २०७० तिर खुला दिसा मुक्त क्षेत्र घोषणा अभियान र सामाजिक चेतना अभिबृद्धि सवालमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जमिन बाझो नछोड्न कृषि प्रविधिमा अग्रसरता बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्मा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर थापा, ज्येष्ठ नागरिक संघका अध्यक्ष बीरबहादुर भण्डारी, युवा प्रतिनिधि नारायणप्रसाद रिजाल र एभरेष्ट क्वलका अध्यक्ष राजु श्रेष्ठले पनि बोल्नुभएको थियो ।

एभरेष्ट क्लवले अघिल्लो आर्थिक वर्षमा ७ वटा परियोजना मार्फत ११ करोड ६९ लाख ५९ हजार ६ सय ३८ रुपैंयाँ खर्च भएको कोषाध्यक्ष कमला योगीले जानकारी दिनुभयो । कार्यक्रममा परियोजना बारे कार्यकारी निर्देशक दिपक शाही र संस्थागत विकास सवालमा महासचिव यज्ञराज थापाले प्रष्ट्याउनुभयो ।

यस अवसरमा संस्थाको सामाजिक परीक्षा गरी परियोजना र संस्थागत कामको प्रभावकारिता, सवल पक्ष, चुनौती, सुझावहरु समेतको पृष्ठपोषण संकलन गरेको छ । यही अवसरमा भएको साधारणसभाबाट अघिल्ला कार्यक्रमहरुको समीक्षासंगै भावी कार्ययोजना पारित भएको उपाध्यक्ष बालकृष्ण केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार