दैलेख – सरकारले सार्वजनिक विदा दिए पनि निर्वाचन कार्यालय दैलेखले आइतबार र सोमबार दुई मतदाताता नामावलीमा नाम दर्ता गराउन कार्यालय खुला राखेको थियो । आइतबार २ जना आए, सोमबार कोही पनि आएन । जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा भएकोले दुवै दिन कार्यालय खोल्यो तर सोमबार ३ जनाले नागरिकता लिए ।
कर्णाली प्रदेश सरकारले असोज १२ गते नै सूचना निकाले असोज १९ गते सोमबार कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक विदा दिने भनी पूर्व सूचना दिएको कारण जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय बाहेक दैलेखमा अरु कार्यालय खुलेनन् । चौबिसै घण्टा सेवा दिने भएकोले प्रहरीमा चाहि दशैं झगडाका धौ थाम्नु भीड परेको थियो ।
दशैंको मौकामा विवाद, कुटपिट, गम्भीर चोटपटक, कतिपय फौजदारी मुद्दा चल्ने खालका समेत १०–१२ वटा विवाद आएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो । ‘सामान्य झैझडाहरु छलफलबाट मेलमिलापमा भएका र केही थोरै संख्यामा गम्भीर घाइते र बहुविवाह समेत फौजदारी केस पनि छन्’ उहाँले भन्नुभयो ।
प्रहरीमा आएका मुद्दाहरुमा भारत प्रवासबाट भगवतीमाई गाउँपालिकाको एउटा गाउँमा सोमबार घरमा पुग्दै गरेको श्रीमानले श्रीमतिलाई तँ घरमा नबस्नु, घरमा फेला पारे तँ र तेरा दुई छोराको ज्यान रहँदैन भनेर पूर्व सूचना गरेकोले ज्यान जोगाई पाऊँ भनेर प्रहरीमा समस्या दर्शाउन आएकी एक महिला जस्तै अनौठा अनौठा समस्या लिएर आए ।
सुर्खेतको कपडा व्यापारीले असोज १५ गते दैलेखको डबलगैरा नजिक सडकमा मोटरसाइकलमा आफैले हिसाव नगरेको भनिएको १२–१५ लाख रुपैंयाँ बाँधेको झोला हराएको भनी पैदलयात्रीले लिएको भनी दोषारोपण गरेको घटना, दैलेखकै एक गाउँमा भाई सन्तानलाई कुटाउने मान्छे परिचालन गरेको भनिएको लगायतका समस्याहरु प्रहरीमा आएका थिए ।
समस्या थरीथरीका तर सबै गम्भीर प्रकृतिका भएकोले समस्या सुनेर कतिपयमा निर्णय र सम्झाईबुझाई गर्न साह्रै चाप परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारले सुनाउनुभयो । उहाँले भन्नुभयो ‘दैलेख बसाईको एक वर्षमा सबै भन्दा बढी मुद्दा र सामाजिक समस्याहरु चाप आजै भोगियो ।’
प्रहरीमा यस्तो चाप प्रहरीले न्याय दिलाउछ भन्ने विश्वासले यति धेरै चाप बढेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले टिप्पणी गर्नुभयो । ‘सुनुवाई भएका केही समस्यामा सुरक्षा रणनीति अपनाउनुपर्ने, आरोपितहरु पक्रनुपर्ने र छलफलबाट समाधान हुने सामाजिक विवाहरुमा दुबै पक्षको चित्त बुझाएर पठाइएको छ’ उहाँले सुनाउनुभयो ।
प्रहरीलाई धौ थाम्नु गरी विवाद, मुद्दा र सवालहरु आए तर फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावलीमा नामदर्ता गराउन जिल्ला निर्वाचन कार्यालय दैलेखले आइतबार र सोमबार कार्यालय खोलेर बस्यो तर आइतबार २ जना आए तर सोमबार कोही पनि आएनन् ।
‘कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नामदर्ता गराउन निर्वाचन आयोगले सूचना गरेकोले सायद अन्तिममा चाप गराउने गरी पर्खेर होला भदौ १० गतेदेखि कार्यालय नामदर्ता खुलाए पनि एकदमै न्यून संख्यामा सेवाग्राहीहरु आएका छन्’ जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा प्रवाह गर्न आइतबार र सोमबार कार्यालय खुला राख्यो, सोमबार ३ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका र १५ जनाले राष्ट्रिय परिचयपत्रका लागि वितरण भराएका र पहिले नाम दर्ता गरिसकेकाहरुले कार्ड लिएका प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले जानकारी दिनुभयो ।
कोगाग्रत पूर्णिमाको दिन स्थानीयहरु चाडपर्वमै व्यस्त भएको कारण कार्यालय खुला भएर पनि कम सेवाग्राहीहरु आएको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । ‘भोलि असोज २१ गतेदेखि सबै सरकारी कार्यालयहरु खुला हुने र कर्मचारीहरु आए नआएको निगरानी राखिने छ’ उहाँले जानकारी दिनुभयो ।











प्रतिक्रिया दिनुहोस्