
काठमाण्डौं – हिन्दूहरुको प्रमुख चाड दसैंको टीका मान्यजनको हातबाट दुर्गाको प्रसाद स्वरूपको टीका र जमरा ग्रहण गरेका छन् । दसैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याइएकाहरू कोजाग्रत पूर्णिमाको दिनसम्म पुगेर टीका–जमरा र आर्शीवचन ग्रहण गर्छन् ।
यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ । कतैकतै भने विजया दशमीको दिनबाटै बडादसैं सकिने पनि गर्छ । दशैं मान्न घरमा जाने हिन्दू परम्परा भएको कारण ग्रामीण क्षेत्रहरुमा आउजाउ बढेको छ । दशैंमा सहर करिब करिब सुनसान जस्तो हुने गर्दछ ।
जेन्जी आन्दोलनमा ७० भन्दा बढी नेपाली नागरिकहरुको मृत्यू भएको शोकमा प्रधानमन्त्री सुशील कार्कीले यो वर्ष दशैंको टीका लगाउनुभएन । राष्ट्रपति रामचन्द्र पौडेलले पारिवारिक रुपमा मात्र मनाउनुभयो । रास्वपा सभापति रबि लामिछानेले श्रीमति निकिता पौडेललाई कारागारको गेटभित्रबाटै टीका लगाइदिनुभएको फोटो भाइरल भएको छ ।
प्रतिक्रिया दिनुहोस्