
काठामण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश बुधबार जारी गर्नुभएको छ । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा जारी भएको अध्यादेशमा फागुन २० सम्म १८ वर्ष पुगेकाहरुको मतदाता नामावली संकलन गर्ने गरी अध्याध्यदेश जारी भएको हो ।
निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने भनी मतदाता नामावली ऐन २०७३ मा उल्लेख भएकोमा त्यसलाई संशोधन गरी निर्वाचन हुने दिनको ६० दिन अघिसम्म मतदाता नामावली संकलन गर्ने गरी अध्यादेश जारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
७७ वटै जिल्ला निर्वाचन कार्यालयमा मतदाता संकलन सम्वन्धी छुट्टै परिपत्र पठाइने निर्वाचन आयोगका सूचना अधिकारी भट्टराईले प्रष्ट्याउनुभयो । निर्वाचन तोकी सकिएको अवस्थामा नयाँ मतदाताहरु छुट्ने अवस्था भएको कारण उमेर पुगेका सबै मतदाताले मतदानको अवसर दिलाउन अध्यादेश ल्याइएको हो ।
जेन्जी आन्दोलनका कारण ६ महिनाभित्र निर्वाचन गराउने गरी राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भए राति कार्कीले संसद विघटनको सिफासिसंगै फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको प्रस्ताव गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्