२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

टप इन्ड टी–२० नेपाली टोली स्वदेश फिर्ता



काठमाण्डौं – अस्ट्रेलियामा भएको टप इन्ड टी–२० शृङ्खला खेलेर नेपाली राष्ट्रिय टोली मंगलबार स्वदेश फिर्ता भएको छ । ११ वटा टोली सहभागी प्रतियोगितामा नेपाल आठौं स्थानमा रहेको थियो । टप इन्ड टी–२० शृङ्खलामा नेपालले ६ खेलमा २ मा जीत र ४ मा हार बेहोरेको थियो ।

नेपालले अस्ट्रेलियामै ५ वटा अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई २ वटै टी–२० मा हराएको थियो । यस्तै नेपालले एकदिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई हराएको थियो । तर नेपाल साउथ अस्ट्रेलियासँगको २ वटै टी–२० मा पराजित भएको थियो ।

 

प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार