२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

बजार अनुगमन गरिदिन ज्ञापनपत्र



दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेत अन्तरगत दुल्लू नगरपालिकाका गठित मानव अधिकार समूहले दुल्लू क्षेत्रमा बजार अनुगमन गरिदिन ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष दुर्गे सार्कीको नेतृत्वमा टोलीले मंगलबार नगर प्रमुख भरतप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल संविधानको धारा ३६ मा उल्लेखित खाद्य अधिकार सम्बन्धी हक विषयलाई कार्यान्वयन गर्न आग्रह गर्दै मानव अधिकार शिक्षा कार्यक्रमले शिक्षा, स्वास्थ्य, विभेद विरुद्ध सवालमा पैरबी गर्दै आएका कार्यक्रमहरुमा नगरपालिकाको साझेदारी सहयोग बढाउन ज्ञापनपत्रमा उल्लेख छ ।

मावन अधिकार समूहले बुझाएको ज्ञापन ग्रहण गरिसकेपछि दुल्लू नगररपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालले स्थानीय सरकारको दायित्वभित्रका कामलाई मानव अधिकार समूहले आग्रह गरे अनुसार तुरुन्तै बजार अनुगमन गरिने बचन दिनुभयो । त्यसबखत नगर उपप्रमुख बिना कार्की र प्रमुख प्रशासकीय अधिकृत तिलक बिककाे समेत सहभागिता थियाे ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार