२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

विद्युत क्षमता ३५९१ मेगावाट



काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय विद्युत प्रणालीमा कुल ३५ सय ९१ मेगावाट नाघेको जनाएको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ ।

स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान भने ५५ प्रतिशत, विद्युत भारतबाट ११ प्रतिशत आयात गरिएको समेत प्राधिकरणले जनाएको छ । आव २०८१/८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ । राष्ट्रिय ग्रीड पहुँच ९८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्याङ्क छ ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार