२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

साउन २२, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – आज साउन २२ गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १४० रुपियाँ ८ पैंसा र बिक्री दर १४० रुपियाँ ६८ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ५० र बिक्री दर ९ रुपियाँ ५४ तोकिएको छ ।

आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ ३३ पैंसा र बिक्री दर ३७ रुपियाँ ४९ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ४३ पैंसा र बिक्री दर ३८ रुपियाँ ६० पैंसा अनि कुबेती दिनार खरिद दर ४५८ रुपियाँ २९ पैंसा र बिक्री दर ४६० रुपियाँ २५ पैंसा तोकेको छ ।

यसैगरी युरोपियन यूरो खरिद १६२ रुपियाँ ६६ पैंसा र बिक्री दर १६३ रुपियाँ ३६ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार