
काठमाण्डौं – आज साउन २० गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ९६ पैंसा र बिक्री दर १४० रुपियाँ ५६ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४९ र बिक्री दर ९ रुपियाँ ५३ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १६२ रुपियाँ ७ पैंसा र बिक्री दर १६२ रुपियाँ ७७ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ ३१ पैंसा र बिक्री दर ३७ रुपियाँ ४७ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ४० पैंसा र बिक्री दर ३८ रुपियाँ ५६ पैंसा अनि कुबेती दिनार खरिद दर ४५८ रुपियाँ १० पैंसा र बिक्री दर ४६० रुपियाँ ७ पैंसा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्