२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

साउन १९ गतेको विदेशी मुद्रा विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आज आज साउन १९ गतेको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ७७ पैंसा र बिक्री दर १४० रुपियाँ ३७ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३० र बिक्री दर ९ रुपियाँ ३४ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १६१ रुपियाँ ९३ पैंसा र बिक्री दर १६२ रुपियाँ ६३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपियाँ २६ पैंसा र बिक्री दर ३७ रुपियाँ ४२ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ३४ पैंसा र बिक्री दर ३८ रुपियाँ ४० पैंसा अनि कुबेती दिनार खरिद दर ४५७ रुपियाँ ३६ पैंसा र बिक्री दर ४५९ रुपियाँ ३३ पैंसा विनिमय दर तोकिएको छ ।


श्रोत : नेपाल राष्ट्र बैंक ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार