२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

आज साउन १५, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – आज साउन १५ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ५८ पैंसा र बिक्री दर १४० रुपियाँ १८ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४२ र बिक्री दर ९ रुपियाँ ४६ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १६० रुपियाँ ९४ पैंसा र बिक्री दर १६१ रुपियाँ ६३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि साउदी अरब रियल खरिद दर ३७ रुपियाँ २१ पैंसा र बिक्री दर ३७ रुपियाँ ३७ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ २९ पैंसा र बिक्री दर ३८ रुपियाँ ४६ पैंसा अनि कुबेती दिनार खरिद दर ४५६ रुपियाँ ९५ पैंसा र बिक्री दर ४५८ रुपियाँ ९१ पैंसा तोकेको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार